२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

माइतीघरमा लाग्यो नारा, – ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’



काठमाडौ । पत्नी हत्या गर्ने पूर्व डीआईजीलाई जेलमुक्त गर्ने फैसलामा संलग्न प्रधानन्यायाधीस र न्यायाधीसलाई महाअभियोग लगाउन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियानको नाममा शुक्रबार प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘भागवण्डाको गोटीले उन्मुक्ति पाए भेटीले’, ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘अदालतभित्रको एनजीओ बन्द गर’जस्ता प्लेकार्ड बोलेका थिए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा र न्यायाधीस तेजबहादुर केसीको इजलासले २०६८ सालमा पत्नीको विभत्स हत्या गरेका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसला गरेको थियो ।

फैसला कार्यान्वयन गर्दै डिल्लीबजार जेल प्रशासनले कोइरालालाई बिहीबार रिहा गरिसकेको छ । यद्यपी, अदालतको फैसला त्रुटीपूर्ण भएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दर्ता गराइसकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : २८ बजे

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

पर्वतमा अफ्रिकन स्वाइन फिभरले ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन