१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले खजुरा गाँउपालिका प्लास्टिकमुक्त गाँउ बन्दै



खजुरा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन शुरु गरिएको छ । सो अन्तरगतका विभिन्न कार्यक्रम मध्ये खजुरा गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडि परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगारको ब्यबस्थापन गर्न शुरु गरिएको हो ।

प्रत्येक्ष रोजगारी दिने उद्देश्यले शुक्रवारदेखि सपिङ झोला उत्पादन शुरु गरिएको छ । प्रदेश सांसद आइपी खरेल र बाबुराम गौतमले एक साथ उक्त कार्यक्रमको उदघाटन गरे ।

त्यसअवसरमा बोल्दै सांसद खरेलले मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको उद्देश्य खजुराले पुष्टि गरेको बताए । उनले लक्षित वर्गलाई प्रत्यक्ष सहभागिता गराउनु नै कार्यक्रमको मूल उद्देश्य भएको बताउँदै खजुराले त्यसै गरेको पाइएको बताए ।

अर्का सांसद गौतमले यस्ता कार्यक्रम लक्षित वर्गसम्म पु(याएर दीर्घकालीन प्रभाव पार्न आग्रह गरे ।

खजुरा गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तरगत पहिलो चरणमा ३० जना सिमान्तकृत, दलित, पछाडी परेका र अपाङ्गता भएका महिलाहरुलाई लक्षित गरेर रोजगारको अवसर दिने उद्देश्यले सपिङ झोला उत्पादन गर्ने कार्यक्रम सञ्चालनमा ल्याईएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति जानकारी दिए । उनले प्लाष्टिक झोलामुक्त गाउँपालिका घोषणा गर्ने उद्देश्यले झोला उत्पादन गर्न लागिएको बताए । अध्यक्ष कक्षपतिले खजुरामा उत्पादन भएका सपिङ झोला नेपालगन्जको भाटभटेनी सुपर मार्केटसँग बिक्रीका लागि सम्झौता भएको समेत जानकारी दिए ।

आफूसँग सिलाईसम्बन्धी ज्ञान भए पनि सिलाई मेसिन किन्ने क्षमता नभएकाले अन्य ज्याला मजदुरीको काम गर्ने गरेको भन्दै झोला सिलाईबाट आएको आम्दानीले बालबच्चाको पढाईमा लगाउने खजुरा २ की कृष्णा बिसीले बताईन् ।

खजुरा गाउँपालिकाले ८ वटै वडामा प्लाष्टिक झोला मुक्त गर्ने र प्लाष्टिक झोलाको बिकल्पका रुपमा कपडाको सपिङ झोला उत्पादन गर्ने अभियानमा अघि सरेको छ ।

खजुरा क्षेत्रलाई समृद्ध बनाउनेदेखि स्वच्छ खजुरा बनाउन सपिङ झोला उत्पादन कार्यले निकै राम्रो भूमिका खेल्ने खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ५३ बजे

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु