२१ मंसिर २०८२, आइतबार | December 8, 2025

शान्ति सुरक्षा कायम गर्ने नाममा नागरिकको हत्या, सरकारकै कारण सामाजिक अराजकता : एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताएका छन ।

सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भएको बताए । ‘गलत ढङ्गले शक्तिको प्रयोग गर्ने र त्यसबाट निहत्था नागरिक मारिने क्रम बढेको छ’, पोखरेलले भने ।

कोरिया जान चाहने विद्यार्थीको परीक्षाका विषयमा उत्पन्न विवाद पछि जुलुस निस्किएको ठाउँमा मन्त्रीको गाडी जाने, त्यसलाई सुरक्षा निकायले यथोचित सुरक्षा दिन नसक्ने, मन्त्रीलाई रोकियो भनेर अन्धाधुन्ध गोली चलाउने घटनाले सरकार कति गैर जिम्मेवार छ भन्ने कुरा देखाएको पोखरेलले बताए ।

‘सरकार नागरिक प्रति कति संवेदनशील छ भने कुरा यसले पुष्टि गर्दछ’, उनले भने । निर्दोष मानिस मारेपछि क्षतिपूर्तिको कुरा गर्ने र सहिदको रूपमा सम्मान गर्छौँ भन्ने नाममा नागरिकको जीवनलाई सरकारले पैसासँग तुलना गर्ने र सहिदकै अपमान गर्ने काम गरेको उनले बताए । यसले सहिदको गरिमालाई अवमूल्यन गर्ने काम गरिएको उनले प्रष्ट पारे ।

सर्लाहीको बरथहवामा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताल प्रदेशलाई दिनुपर्दछ भनि सत्ताधारीले नागरिकलाई उत्तेजित बनाउने काम गरेर एक युवाको हत्या भएको उनले बताए । सरकार चाहे कोशी प्रदेशको नामका सन्दर्भमा होस् वा गौर घटना र अन्य घटनामा होस् सरकारले गैर जिम्मेवार तरिकाबाट समाजलाई गलत बाटोमा लैजाने काम गरेको पोखरेलले टिप्पणी गरे । सरकार आफैँले सामाजिक अराजकता फिँजाउने काम गरेको उनले बताए ।

आज समाजमा फैलिएको अराजकताका कारण नागरिकमा व्यापक निराशा बढेको उनले बताए । सत्ताद्वारा नै अराजकता सिर्जना गर्न भूमिका खेल्ने काम भएको उहाँको टिप्पणी छ । उनले यस्ता काम नदोहोर्‍याउन पोखरेलले सरकारलाई सचेत गराए ।

सरकारको कमजोरीका कारण देशमा विभिन्न काण्ड भएको पोखरेलले बताए । यसले नेपालको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई बलियो बनाउने काम गरिरहेको उनको टिप्पणी छ । सरकारको गलत नीतिकै कारण यस प्रकारका प्रवृत्ति बढ्दै गएका उनले बताए । ‘सरकारका गलत नीति र क्रियाकलापका विरुद्ध जनताले खबरदारी गर्ने बेला आएको छ’, उनले भने ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १२ : ३३ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब