२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

राष्ट्रियसभा सदस्य निर्वाचन : उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज



काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्दैछ । राष्ट्रिय सभा सदस्यका लागि ८ वटा राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारले शुक्रबार आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गर्ने जनाएको छ ।

राष्ट्रिय सभा उम्मेदवारहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । निर्वाचनका लागि सात प्रदेशमा एकरएक मतदान स्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ३७ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको