३ भदौ २०८३, बुधबार | August 19, 2026

बालुवाटार जग्गा, नक्कली भुटानी शरणार्थी, सुनकाण्ड कोट्याउदा सत्ताकै अनुहार देखियो : महासचिव पोखरेल



नेपालगन्ज । एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । प्रेस चौतारी, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनबाट मुलुकको विकास र समृद्धि हुन नसक्ने बताए ।

महासचिव पोखरेलले सत्तामा जाने विषयमा एमालेले नसोचेको बताउदै अहिले पार्टी संगठन बलियो बनाउन लागि परेको बताए । एमालेले मध्यपहाडी क्षेत्रमा गरेको समृद्धिका लागि संकल्प यात्राले त्यस क्षेत्रका जनतामा रहेको निराशालाई हटाउने काम गरेको बताउदै उनले अब हुलाकी क्षेत्रमा पनि त्यस किसिमको यात्रा गर्ने जानकारी दिए ।

महासचिव पोखरेलले एमाले कम्युनिष्ट पार्टीहरुसँग एकतातिर नलागेर सही विचार बोक्नेका बीचमा धु्रवीकरण गर्न लागि परेको बताए ।

फरक प्रसंगमा सरकारले बेतिथिहरु समाधान नगर्दा जनतामा निराशा छाएको पोखरेलको भनाई थियो । उनले बालुवाटार जग्गा, नक्कली भुटानी शरणार्थी, सुनकाण्ड कोट्याउदा सत्ताकै अनुहार देखिएपछि सरकारले फाइल बन्द गरेको आरोप लगाए ।

प्रेस चौतारी नेपाल, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरु पशुपतिदयाल मिश्र, मो. हारुनलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : ०२ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार