१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सामूहिक बलात्कार प्रकरण : आरोपी पाँचै जनालाई थुनामा राख्न अदालतको अनुमति



मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेका पाँचै जना आरोपीमाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ।

सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेकोमा थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेका पाँचै जनालाई १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले बताए।

उनले सबैलाई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए। तीन दिन अगाडी ३ जनालाई नियन्त्रणमा लिएर १३ दिनसम्म म्याद थप गरेकोमा आज थप दुई जना लाई १३ दिन म्याद थप गर्ने अनुमति पाएको प्रहरीको भनाइ छ।

सामूहिक बलात्कारमा परेकी बालिका स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।

बालिका अहिले प्रदेश अस्पतालको (ओसिएमसी) अन्तर्गत फाँटमा रहेकी छन्। छायाँनाथ रारा नगरपालिका–१४ घर भई गमगढी बजारमा बस्दै आएकी एक १४ वर्षीया बालिकामाथि नगर प्रहरीसहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले बताउँदै आएको छ ।

प्रहरीले बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकाया र ३ जना १४ वर्षका बालक सहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ४५ बजे

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ