८ पुस २०८२, मंगलबार | December 23, 2025

रुपन्देही व्यापार संघको अध्यक्षमा दिपक प्रसाद अधिकारी निर्वाचित



बुटवल । रुपन्देही व्यापार संघको अध्यक्षमा दिपक प्रसाद अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १२ औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीलाई ८० मतको फरकले पराजित गरेका हुन् ।

शनिबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार अधिकारीले कुल खसेको १ हजार ८७ मत मध्ये ५४३ मत पाए भने भण्डारीले ४६३ मत प्राप्त गरे । अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन लडेका थिए । अधिकारी प्यानलबाट संघको अन्य पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रीत परिणाम आएको छ ।

संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी विजयी भएका छन् । भण्डारीले ५३५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाए ।

त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे विजयी भएका छन् । उनका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गरे । संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ विजयी भए भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गरे ।

त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गरे । सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मत सहित विजयी भए भने उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मतमा पाए । सहकोषाध्यक्ष पदमा ५१९ मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई विजयी हुँदा भण्डारीको प्यानलका बिनित भटराईले ४८५ मत प्राप्त गरे ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यस अघि नै निर्विरोध निर्वाचित भई सकेका छन् ।

संघको सदस्य पदमा राजु श्रेष्ठ, अशोक ज्ञवाली, केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य ईश्वरा देवकोटा, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल विजयी भएका छन् ।

त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधव प्रसाद ज्ञवाली र रितेश ज्ञवाली विजयी भएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : १९ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक