२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै



काठमाडौं । युगान्डा भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन् । असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको काम्पला पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संक्रमणकालीन न्यायका बारेमा पनि चर्चा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू-राजनीतिक प्रतिद्वन्द्वको निन्दा उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर र त्यसले नेपालसहित हिमाली मुलुकमा पारिरहेको प्रभावका बारेमा पनि चर्चा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान २:४५ बजे कतार एयरवेजबाट दोहा पुगेका थिए । दोहाबाट नेपाल फर्किन लागेका उनी आइतबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ३७ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७