३० भदौ २०८३, मंगलबार | September 15, 2026

नेपालगन्ज १ का वडाबासी मजदुरको वडा कार्यालयले गरिदियो बीमा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालयले वडा भित्र रहेका विपन्न मजदुरको बीमा गरिदिने भएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको लागि एक लाखसम्मको म्यादी लघुजीवन बीमा गरिदिने भएको हो ।

बीमाका लागि वडा कार्यालयले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ । वडाध्यक्ष प्रमोद रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक विमल खड्काका बीच मंगलबार बीमा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । वडासचिव भुविन्द्रप्रसाद कँडेल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालगन्जका प्रवन्धक लक्ष्मी विष्टको उपस्थितिमा रिजाल र खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, १८ वर्षदेखि ५५ वर्षका स्थानीय मजदुरहरुको बीमा गरिने भएको छ । १८ वर्ष उमेरको हकमा २ सय ७९ रुपैया र ५५ वर्षको उमेरको एक हजार एक सय ३५ रुपैया तिरेर बीमा गरिने वडा अध्यक्ष रिजालले बताए । विपन्न वर्गका कामदारको वडा कार्यालयले रकम तिरेर बीमा गरिदिने वडाध्यक्ष रिजालले जानकारी दिए ।

एक लाखको जीवन बीमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा उसका परिवारले दुई लाख रुपैया र क्रियाखर्च २५ हजार पाउने इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक खड्काले बताए । यो बीमा एक वर्षको लागि हुने र हरेक वर्ष नविकरण गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ५७ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि