६ बैशाख २०८३, आइतबार | April 19, 2026

रुपन्देही व्यापार संघमा नव निर्वाचित कार्य समितिको पदस्थापन



बुटवल । रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नव निर्वाचित नयाँकार्य समितिले एक विषेश कार्यक्रमका वीच शपथ तथा पदभार ग्रहण गरेको छ ।

संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले शपथ गराए । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. ५ का सांसद बासुदेव घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए भने संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले टिका तथा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खादा लगाइदिएका थिए ।

त्यस अवसरमा महासचिव दयानिधि भण्डारीले नव निर्वाचित महासचिव फर्सुराम पन्तलाई म्यान्यूट तथा कोषाध्यक्ष् ाऋषिराम पाण्डेले नव निर्वाचित कोषाध्यक्ष मनिराम खनाललाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य घिमिरेले रुपन्देहीको आर्थिक तथा औद्योगिक विकाससंगै समग्र परिर्वतनका लागि एकिकृत विकास परियोजना अगाडी बढाउनु पर्ने बताए । उनले यस क्षेत्रको विकासका लागि यस क्षेत्रका जनप्रतिनिधिहरुले सामुहिक पहल गर्दै आएको भएतापनि हामी सबैको चाहाना अनुसारको काम हुन नसकेको बताए ।

सांसद घिमिरेले वर्तमान सरकार जनताको कुरा सुन्ने अवस्थामा नरहेको बताउदै उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो तर्फबाट सधै आवाज उठाइरहने प्रतिवद्धता जनाए । घिमिरेले व्यवसायीकको हकहितका लागि प्रतिष्पर्धाबाट आएको संघको नेतृत्वलाई सधै कटिवद्ध भएर कामगर्न सुझावदिदै निर्वाचनको परिणामलाई नेतृत्व चयनको एक विधिका रुपमा लिन आग्रह पनि गरे ।

बुटवल उप महानगरपालिकाकी उपप्रमुख सावित्रा देवि अर्यालले स्थानिय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउदै व्यवसायीक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधानगर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले बुटवल उपमहानगरपालिका र व्यापार संघ व्यवसायिक हितका लागि एक भएर अगाडी बढने जनाइन् ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको नेतृत्व चयनका क्रममा भएका गतिविधिले संस्थालाई मजबुत बनाउन नै मद्दत गरेको बताउदै संघको हितविपरित कुनै गतिविधि हुनु नदिन सबै लाग्नु पर्ने धारणा राखेका थिए । उनले संघलाई यहाँ सम्म ल्याइ पु¥याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफु प्रतिवद्ध रहने बताए ।

संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै प्रति आभार व्यक्तगर्दै प्रजातान्त्रिक विधिबाट नया नेतृत्व चयन भएको हँुदा संस्थाको गरिमा र प्रतिष्ठामा आच नआउने गरि कामगर्न आग्रह गरे ।

नव निर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले आफू मन, वचन र कर्मले अगाडि बढ्ने प्रतिबद्धता व्यक्तगर्दै संघको गरिमालाई उचाईमा पु¥याउन सबैलाई सहमति र सहकार्यमा जोड दिए । उनले निर्वाचनका दौरानमा पक्ष र विपक्ष भएको भएपनि आगामी दिनमा त्यसलाई विर्सेर संस्था र व्यवसायीहरुलाई सर्वोपरि ठानी सबै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको बताए । आफ्नो कार्यकालमा तिनै तहका सरकार र सम्पूर्ण व्यावसायी संघसंस्थासँग सुमधुर सम्बन्ध कायम गरी आवश्यकता अनुसार संयुक्त कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्ने अधिकारीको भनाई थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : २६ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय