१ आश्विन २०८३, बिहिबार | September 17, 2026

‘समुदायमा कांग्रेस’ अभियान आजबाट सुरु, वडा-वडामा पुग्दै नेता



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत कांग्रेस देशभरका ६ हजार ७४३ वडासम्म पुग्ने र जनताको कुरा सुन्ने जानकारी दिएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस अभियानअन्तर्गत वडा तहसम्म पुग्ने प्रतिनिधिहरूले औपचारिक आसनग्रहण गर्न पाउने छैनन् । यस्तै, प्रतिनिधिले भाषण पनि गर्न पाउने छैनन् ।

“यो अभियान मूलतः वडा केन्द्रित रहनेछ । जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसनग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू रहने छैनन्,” पौडेलले भने ।

पार्टीले अभियानका लागि केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा वडा प्रतिनिधिबाहेक केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरूलाई आफू क्रियाशील सदस्य रहेको वडामा पुग्न अनिवार्य गरेको छ । यसरी अभियानमा वडा तहसम्म पुगेका प्रतिनिधिहरूले वडामा कुनै श्रम वा सामाजिक कार्यमा सहभागी अनिवार्य हुनुपर्ने मुख्यसचिव पौडेलले जानकारी दिए ।

“उक्त दिन सबै साथीहरू वडाको कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ,” उनले भने ।

कांग्रेसले माघ १६ गते सहिद दिवसको दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ गर्ने जानकारी दिएको छ । पौडेलका अनुसार अभियानको पहिलो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।

अभियानअन्तर्गत वडामा पुगेर कांग्रेसले जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जनाएको छ ।

यस्तै, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने पनि उद्देश्य पार्टीले राखेको छ । साथै, महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रूपमा लिने सुझावलाई लिने उद्देश्य अभियानको रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

“उक्त अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिइसक्नु भएको छ भने केन्द्रीय प्रतिनिधि समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सवै ६७४३ वटै वडामा प्रतिनिधिहरू खटिनु हुनेछ । केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुनुहुनेछ,” पौडेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : ३६ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको