१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

टुनीको रुखले किचेर एकको मृत्यु



म्याग्दी । रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी कुँवरको भनाइ छ ।

फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएकी थिइन् । नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बसिरहेको अवस्थामा रुख ढलेसँगै भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : ५८ बजे

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका