६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरीको प्रशासिनक भवन उद्घाटन



सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्पा ओलीले उद्घाटन गरेका छन् ।

उक्त भवन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट रु दुई करोड ३७ लाख ६० हजार तीन सय ७, सङ्घीय समपूरक अनुदान रु तीन करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट रु चार करोड ८७ लाख ८२ हजार आठ सय ५४ गरी जम्मा रु ११ करोड ९४ लाख तीन हजार एक सय ६१ को लागतमा निर्माण भएको हो । पाँच वर्षमा निर्माण पूरा भएको उक्त भवनमा ३५ कोठा छन् ।

त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले पालिकाहरुले नयाँ भवन निर्माण भएसँगै गुणस्तरीय सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिए । उनले पाँचपोखरीमा जैविक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरे । “यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्नेछ,” नेता ओलीले भने । उनले उत्पादनलाई बढाउन स्थानीयलाई आग्रह पनि गरे ।

पूर्वप्रधानमन्त्री ओलीले मेलम्ची –पाँचपोखरी– भोताङ बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए । साथै उनले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका जोड दिए ।

गाउँपलिकाका अध्यक्ष टासी लामाले भवन निर्माणमा सघाउने सबैमा आभार प्रकट गर्दै हिमाली पालिका पाँचपोखरीको विकासमा सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ४२ बजे

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र