२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

नेपालगन्ज साइकल उत्सवको तयारी तिब्र



नेपालगन्ज । नेपालगन्जमा नेपालगन्ज साइकल उत्सवको तयारी तिब्र पारिएको छ । टुर दि ठाकुराद्वाराको मिति नजिक आउँदै गर्दा साइकल उत्सवको तयारी तिब्र पारिएको हो ।

पूर्व तयारी अन्तर्गत आज नेपालगन्ज साइक्लिङ क्लबको बैठक सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको बैठकले नेपालगन्ज साइकल फेस्टिबल अन्तर्गतको नेपालगन्ज किड्स रेस सम्पन्न गर्न क्लबका सल्लाहकार रमेशकुमार मल्लको संयोजकत्वमा उपसमिति गठन गरिएको क्लबका सहसचिव दिपक मल्लले जानकारी दिए ।

बैठकले टुर दि ठाकुरद्वारमा सहभागिता जनाउने मेचीमहाकाली साइकल यात्रा पुरा गरेका साइकल यात्रीहरु तथा सम्पुर्ण महिला सहभागीलाई रजिस्ट्रेसन शुल्कमा ५ सय रुपैयाँ छुट गर्ने निर्णय गरिएको क्लवका उपाध्यक्ष सुरेन्द्रदीप कार्कीले बताए । कार्कीका अनुसार १५ बर्ष मुनिका सहभागी १ हजारको रजिष्ट्रेसनमा सहभागी गराइने भएको छ ।

नेपालगन्ज साइकल उत्सव अन्तर्गत सहभागीलाई बिशेष अफर सहित माघ २८ गते माउन्टेन फ्लाइट मार्फत कैलाश दर्शनका लागि ब्यबस्थापन मिलाइएको क्लवका इभेन्ट डाइरेक्टर सतिश निरौलाले जानकारी दिए।

साइकल यात्रालाई थप रोमाञ्चक र मनोरम बनाउन कार्यसमिति सदस्य बाबुराम बिकको संयोजकत्वमा रुट ब्यबस्थापनको जिम्मेवारी दिइएको र शनिबार भित्र फाइनल रुट तय गरिने उपाध्यक्ष कविराम बुढाथोकीले बताए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १० : २१ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित