५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

टुर दी ठाकुरद्वारा अब ‘बिवाइडी टुर दी ठाकुरद्वारा’, तयारी अन्तिम चरणमा



नेपालगन्ज । साइकल राईडको एउटा ब्राण्ड बनेको टुर दी ठाकुरद्वारा अव बिवाइडी टुर दि ठाकुरद्वाराको नामबाट संचालन हुने भएको छ । नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गतको टुर दि ठाकुरद्वारालाई बिश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने सम्झौता भएसँगै अव ‘बिवाइडी टुर दि ठाकुरद्वारा’को नामबाट संचालन हुने भएको हो ।

नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा यही माघ २५,२५ र २७ मा गर्न लागेको नेपालगन्ज साइकल उत्सव अन्तर्गत बिवाइडी टुर दि ठाकुरद्वाराको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष प्रदीप सापकोटाका अनुसार नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गतको टुर दि ठाकुरद्वारालाई बिश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने भएको छ । नेपालगन्ज सायकल क्लव र बिवाइडीबीच टाइटल स्मोन्सरको सम्झौता भएको अध्यक्ष सापकोटाले बताए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बिवाइडीका नेपालगन्ज बिक्रेता टिम इलिभेन इभि प्रालि लिमिटेडका संचालक बसन्त भण्डारीले नेपालकै नियमित आयोजना हुँदै आएको साइकलको सबैभन्दा ठुलो इभेन्ट सङ्ग सहकार्य गर्न लागेको जनाउदै खुशी व्यक्त गरे ।

क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरि ३०० जना साइकल यात्रीहरु इभेन्टमा सहभागी हुने जनाइएको छ।कार्यक्रम नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भै बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्मको १०० किलोमीटर साइकल यात्रा पुरा गरिने क्लबका बरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीले बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ४ : ४१ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन