१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

कोहलपुर-नेपालगन्ज सडकमा ६ महिनामा ४६ दुर्घटनाबाट १६ जनाको ज्यान गयो

लगातार दुर्घटना हुन थालेपछी सवारी दुर्घटना कम गर्न २५ वटा जेब्राक्रस बनाइँदै



नेपालगन्ज । नेपालगन्जको कोहलपुर-नेपालगन्ज सडक खण्डमा मात्र चालु आर्थिक वर्षको ६ महिनामा १६ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । साउन देखि पुस महिनासम्मको तथ्याङ्क अनुसार ४६ वटा दुर्घटनाबाट १४ पुरुष र २ जना महिलाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको तथ्याङ्क अनुसार सो अवधिमा ट्रक र टेक्टर ७ वटा ठोक्कीएका छन् भने २ वटा माइक्रो बस, ५ वटा जिप/कार, १ वटा टेक्टर, २ वटा टेम्पो, २६ वटा मोटरसाईकल, २ वटा सायकल र १ अन्य दुर्घटना भएका छन् । दुर्घटनाबाट १४ पुरुष ४ महिला गम्भीर घाइते तथा १४ पुरुष १ महिला सामान्य घाइते भएका छन् ।

नेपालगन्ज–कोहलपुर सडकखण्ड खण्डमा अत्याधिक सवारी दुर्घटना हुन थालेपछि भने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक खण्डका विभिन्न ठाउँमा २५ वटा जेब्राक्रस बनाउन थालिएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जको सहकार्यमा नेपालगन्ज कोहलपुर खण्डका विभिन्न २५ स्थानमा जेब्राक्रस र सेन्टर लाइनको निर्माण कार्य सुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय नेपालगन्जसँगको सहकार्यमा नेपालगन्ज-कोहलपुरसम्मको विभिन्न २५ स्थानमा जेब्राक्रस र सेन्टर लाइनको निर्माण कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जको १२ लाख रुपियाँको लागतमा जेब्राक्रस बनाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताए ।

उनले सवारी चालक र पैदल यात्रुले जथाभाबी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्ने गरेकाले जेब्राक्रसले दुर्घटना न्यूनीकरण गर्न निकै मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।

दुर्घटना न्यूनीकरण र सवारी नियमनलाई प्रभावकारी बनाउन नेपालगन्ज, कोहलपुर सडकखण्डमा जेब्राक्रस निर्माण थालिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नीरज शाक्यले बताए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ०३ बजे

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने

पूर्वराजा काठमाडौं आउँदा गोल्डेनगेट क्षेत्रमा दुर्गाप्रसाईं नेतृत्वमा प्रदर्शन, हवाई यात्रुलाई सास्ती

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुगेका छन्।

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका