८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

प्रहरी जवान आफैले श्रीमती र नाबालक छोराको हत्या गरेको भन्दै प्रहरीसमक्ष गरे आत्मसमर्पण



दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो श्रीमती र छोराको हत्या गरि प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । प्रहरी जवान पिमलाल नेपालीले श्रीमती र नाबालक छोराको हत्या गरेर प्रहरीमा आफै आत्मसमर्पण गर्न आएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरी जवान नेपालीले श्रीमती टिका विक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरे सूचना आएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका पवक्ता बरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

प्रहरीका अनुसार पिमलालले घोराहीको एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन् । रोल्पा रुन्टिगढी घर भएका पिमलाल घरबाट शनिवार दाङ आएका श्रीमती टिका र छोरा शुशान्तसँग गएराति घोराहीको एक होटेलमा बास बसेका थिए ।

आज बिहानै पिमलालले श्रीमती टिका र छोराको हत्या गरेर आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर हत्या गरेको भन्दै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टकमालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको बयान दिएका छन् । हत्याको कारण भने खुलेको छैन् । प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ३३ बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ