५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

धादिङ एमाले अधिवेशनमा कुटाकुट भएपछि भोलि सम्मका लागि जारी अधिवेशन स्थगन



धादिङ । धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। दुई पक्षबीचको विवादले हात हालाहाल भएपछि अधिवेशन स्थगित गरिएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेर विवाद मिलाउने प्रयास गरेका छन्।

विवादपछि बागमती प्रदेश अध्यक्ष कैशाल ढुंगेलले आज बिहानै जिल्ला अधिवेशन स्थगित भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। तर धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले तत्कालै अर्को वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जनाएका थिए। त्यसपछि अवस्था थप विग्रिएको थियो।

जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरेकोमा प्रदेश अध्यक्ष ढुंगेल पक्षधर नेताहरूले विरोध गरेपछि विवाद भएको थियो।

विवादपछि भएको झडपमा कुटपिटमा परी एक जनाको हातसमेत भाँच्चिएको थियो। शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का हुँदा सन्तोष खनालको हात भाँच्चिएको बताइएको छ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ०३ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको