२९ भदौ २०८३, सोमबार | September 14, 2026

सुरक्षा माग गर्दै खजुरा गाउँपालिकाका कर्मचारी जिल्ला प्रशासन पुगे



खजुरा । वडा अध्यक्षबाट कुटिएका खजुरा गाउँपालिकाका प्राबिधिक लिलाराज धामी सहितका प्राबिधिक कर्मचारीहरु सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके पुगेका छन् ।

आन्दोलनको घोषणा गर्दै पालिकाको प्राबिधिक फाँटको काम बन्द गरेर जिल्ला प्रशासन पुगेका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सुरक्षाको माग गर्दै कर्मचारी कुट्ने वडा अध्यक्ष गरिबे शेखलाई कारवाही गर्न माग गरेका छन् ।

प्रशासन आएका कर्मचारीहरुलाई प्रजिअ पोखरेलले शान्ति सुरक्षाको प्रत्याभूति गराउने आफ्नो दायित्व भएकाले आन्दोलनरत कर्मचारीहरुलाई कार्यकक्षमा फर्किन आग्रह गरे ।

प्रजिअ पोखरेलबाटे घटनाको विषयमा खजुराका जनप्रतिनिधि, हातपात गर्ने वडाध्यक्ष शेष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल छलफल गरेर निष्कर्ष दिने आश्वासन पाएको बैठकमा सहभागी एक कर्मचारीले बताए ।

खजुरा ५ का वडाध्यक्ष गरिबे शेषले खजुराका प्राविधिक लिलाराज धामीलाई मंगलबार मुक्का प्रहार गरेका थिए । वडा नम्बर ६ मा रहेको भानु मावि उढरापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका शेषले विद्यालयमा सञ्चालित माटो पटान योजनाको कार्यसम्पन्न प्रतिवेदनका लागि प्राविधिक नापजाँच गर्न गएका धामीलाई नाप जाँच नगरी प्रतिवेदन बनाउन नमानेको भन्दै हातपात गरेका थिए । त्यसलगत्तै देखि गाउँपालिकाको कामकाज प्रभावित भएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : १३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ