३ पुस २०८२, बिहिबार | December 18, 2025

सुरक्षा माग गर्दै खजुरा गाउँपालिकाका कर्मचारी जिल्ला प्रशासन पुगे



खजुरा । वडा अध्यक्षबाट कुटिएका खजुरा गाउँपालिकाका प्राबिधिक लिलाराज धामी सहितका प्राबिधिक कर्मचारीहरु सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके पुगेका छन् ।

आन्दोलनको घोषणा गर्दै पालिकाको प्राबिधिक फाँटको काम बन्द गरेर जिल्ला प्रशासन पुगेका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सुरक्षाको माग गर्दै कर्मचारी कुट्ने वडा अध्यक्ष गरिबे शेखलाई कारवाही गर्न माग गरेका छन् ।

प्रशासन आएका कर्मचारीहरुलाई प्रजिअ पोखरेलले शान्ति सुरक्षाको प्रत्याभूति गराउने आफ्नो दायित्व भएकाले आन्दोलनरत कर्मचारीहरुलाई कार्यकक्षमा फर्किन आग्रह गरे ।

प्रजिअ पोखरेलबाटे घटनाको विषयमा खजुराका जनप्रतिनिधि, हातपात गर्ने वडाध्यक्ष शेष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल छलफल गरेर निष्कर्ष दिने आश्वासन पाएको बैठकमा सहभागी एक कर्मचारीले बताए ।

खजुरा ५ का वडाध्यक्ष गरिबे शेषले खजुराका प्राविधिक लिलाराज धामीलाई मंगलबार मुक्का प्रहार गरेका थिए । वडा नम्बर ६ मा रहेको भानु मावि उढरापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका शेषले विद्यालयमा सञ्चालित माटो पटान योजनाको कार्यसम्पन्न प्रतिवेदनका लागि प्राविधिक नापजाँच गर्न गएका धामीलाई नाप जाँच नगरी प्रतिवेदन बनाउन नमानेको भन्दै हातपात गरेका थिए । त्यसलगत्तै देखि गाउँपालिकाको कामकाज प्रभावित भएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : १३ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा