१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सर्वोच्चले खारेज गरेको जनयुद्ध दिवस रोल्पाको स्थानीय सरकारले मनाउँदै



नेपालगन्ज । संघीय सरकारले दिएको जनयुद्ध दिवसको सार्वजनिक बिदालाई सर्वोच्च अदालतले बदर गरिदिएपनि रोल्पाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको सार्वजनिक बिदा दिएको छ ।

माघ १७ गतेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा भन्दै बिदा दिने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना मार्फत जानकारी गराएका छन् ।

उक्त दिन गाउँपालिका मातहतका सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने सूचनामा उल्लेख छ । उक्त गाउँपालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।

सर्वोच्च अदालतले भने ‘जनयुद्ध’ दिवसमा बिदा दिने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष गरेको निर्णय खारेज गरेको थियो ।

जनयुद्ध दिवसमा प्रचण्ड मन्त्रिपरिषदबाट बिदा दिने निर्णय गर्दै राजपत्रमा सूचना समेत प्रकाशित भएकोमा सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय खारेज गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ४३ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै, म्याद थपको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते