१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कर्मचारी कुट्ने वडाअध्यक्ष शेख प्रति एमाले खजुराको भर्त्सना



खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेखले गाउँपालिकाका प्राबिधिक कर्मचारी माथि मुक्का प्रहार गरेको प्रति नेकपा एमाले खजुरा गाउँ कमिटीले भर्त्सना गरेको छ ।

गाउँ कमिटीका अध्यक्ष गेहेन्द्र धितालले आज विज्ञप्ति जारी गर्दै गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी लिलाराज धामीलाई माघ २४ गतेका दिन कुटपिट भएको घटना प्रति भर्त्सना गरेका छन् । विज्ञप्तिमा खजुरा गाउँपालिका वडा नं. ६ मा रहेको भानु माध्यमिक विद्यालयमा कार्यसम्पन्न भएको माटो पटान योजनाको प्राविधिक मूल्यांकन गर्न गएका बखत धामीमाथि खजुरा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गरिबे शेखले भौतिक रुपमा आक्रमण गरी कुटपिट गरेको उल्लेख छ। उक्त कुटपिटपछि राष्ट्रसेवक कर्मचारीहरुको मनोवल कमजोर भएको भन्दै कुनै हालतमा पनि मनोवल कमजोर नगर्न, सत्य र नियम कानुन सम्मत कार्य गर्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

‘राष्ट्रसेवक कर्मचारीले नियमित र कानूनले प्रदान गरेको कार्य गर्दा कार्यस्थलमा कुटपिट गर्नु, गालीगलौज गर्नु र अनावश्यक धम्की दिनु कुनै हालतमा क्षम्य छैन,’ विज्ञप्तिमा लेखिएकोछ, ‘वडाध्यक्षले यस प्रकारको कार्य गर्नु गैर जिम्मेवारी, पदीय हैसियतको दुरुपयोग, मानव अधिकारको उल्लंघन र मानवीय कार्य विपरित हो ।’

राष्ट्रसेवक कर्मचारीले निर्भयपुर्वक एवं स्वतन्त्र रुपमा काम गर्न पाउनु पदीय जिम्मेवारी र कर्तव्य भएको उल्लेख गर्दै बिज्ञप्तिमा जनप्रतिनिधिले नै कर्मचारीमाथी कुटपिट गर्नु हदैसम्मको अक्षम्य कार्य भएको लेखिएको छ ।

अध्यक्ष धितालले वडाध्यक्ष आफै वडा नं. ६ मा रहेको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु अझै गैर जिम्मेवारी भएको पनि उल्लेख गरेका छन् । ‘उहाँ वडा नं. ५ को जनप्रतिनिधि निर्वाचित हुनु हुन्छ तर वडा नं. ६ मा रहेको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनु समेत पदीय दुरुपयोग हो भन्ने हाम्रो ठहर रहेको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

यसअघि पनि पालिकाका जनप्रतिनिधिले कर्मचारी र सेवाग्राहीलाई आफु अनुकुलको कार्य गर्न दवाव दिने, प्रभाव पार्ने र धम्की दिने कार्य भईरहेको घटना प्रतिपनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : १३ बजे

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे