२९ चैत्र २०८२, आइतबार | April 12, 2026

शुद्धोधनका वडा अध्यक्ष भीमबहादुर र तत्कालिन प्रशासकीय अधिकृत मरासिनी घुस काण्डमा दोषी ठहर



बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि सहित प्रमुख प्रशासकीय अधिकृत घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएकाहरुमा शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त मरासिनी रहेका छन् ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष यादव र गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त मरासिनी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् । घुस लेनदेनमा बिचौलियाको काम गरेका विनोद भरलाई समेत बिशेष अदालतले मतियारको रूपमा सजाय तोकेको छ ।

विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला सुनाउँदै वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र मतियार भरलाई दोषी ठहर गरेको हो । शुद्धोधन गाउँपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत मरासिनी र सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष यादवले ठेक्कामार्फत नदीबाट झिकिएको बालुवा तथा गिट्टीको बिक्री आदेशका लागि सेवाग्राहीसँग घुस माग गरेको दाबी सहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृतमार्फत बिचौलिया विनोद भरलाई प्रयोग गरी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको जानकारी पाएपछि अख्तियारको टोलीले भरलाई रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । भरकै बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव पक्राउ परेका थिए ।

अनुसन्धानपछि बिक्री आदेशको म्याद थप गर्ने प्रयोजनका लागि घुस मागेको पुष्टि भएपछि अख्तियारले गत असार ११ गते उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा बिशेष अदालतले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ५० हजार बिगो बराबरकै जरिवाना र तीन महिना कैदको सजाय सुनाएको छ । घुस रकम माग गर्ने वडा अध्यक्ष यादव र बिचौलिया विनोद भरलाई भने मतियारको रूपमा जनही २५ हजार रुपैयाँ जरिवाना र डेढ महिना कैदको फैसला सुनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : ०० बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्