१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्दछ : नेता खनाल



कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गरे । नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए ।

सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे । अहिलेको बाटो यथास्थितिको भएकाले यसको परिवर्तन सम्भव भएकाले राजनीतिक पार्टीहरुले नयाँ ढङ्गले सिंहावलोकन गर्नुपर्ने उनले उल्लेख गरे ।

नेता खनालले भने, “सत्तामा बसेका शक्तिले ठीक ढङ्गले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ ।” नेपालको कम्युनिष्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिष्ट आन्दोलन पुनःएकताबद्ध हुने उल्लेख गरे ।

“दश लाख पार्टी सदस्य भएको नेकपामा विभाजन भएको छ । विभाजनका कारण गलत वैचारिक राजनीतिक कार्यदिशा हो । सही वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिष्ट आन्दोलन एकताबद्ध हुन्छ । कम्युनिष्ट, वामपन्थीको एकता इतिहासको आवश्यकता हो”, खनालले भने । समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा उनले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

नेकपा९एकीकृत समाजवादी०को आसन्न राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिष्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने नेता खनालले दाबी गरे ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ३ : ५१ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ