१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सरस्वती पूजाको अवसरमा बुटवलले विद्यालयलाई दियो पूस्तक



बुटवल । बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल-अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार दिएका हुन् ।

बुटवलभित्रका सबै विद्यालयहरुलाई बुटवलको इतिहास र यसक्षेत्रका विषयहरुमाथि लेखेका पुस्तक विद्यालयहरुमा पुर्‍याउने उदेश्यले पहिलो चरणमा इतिहाससम्बन्धि पुस्तक प्रदान गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

विद्यालयहरुमा पूस्तकालय स्थापना तथा पाठ्यक्रमभन्दा बाहिरको ज्ञान समेत विद्यार्थीलाई अध्ययनमा रुचि बढाउन पुस्तक वितरण गर्ने उनले बताए । उनले बुधबार २२ वटा विद्यालयलाई पुस्तक दिइएको र बाँकीलाई अरु पुस्तक समेत थप गरी प्रदान गरिने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ५२ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ