८ पुस २०८२, मंगलबार | December 24, 2025

खजुरामा प्रथम शहिद लखन थापाको शालिक अनावरण



खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ को सैनिकगाउँमा नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

सैनिक गाउँस्थित बहादुरपुर चोकमा शहीद लखन थापको शालिक अनावरण गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक तुफान, उपाध्यक्ष मन्जु मल्ल तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले संयुक्तरुपमा शालिकको अनावरण गरेका थिए ।

१४७औं लखन थापा मगर स्मृति दिवसका अवसरमा अनावरण गरिएको शहिद लखन थापा मगरको पूर्ण कदको शालिक साढे ६ फिट अग्लो छ भने तौल २०० केजी रहेको छ ।

अनावरण कार्यक्रममा बोलदै गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले शहिदले देखाएको मार्गमा हिँड्नुपर्ने भन्दै शहिदकै कारण आज हरेक नागरिकले स्वतन्त्र भएर बाच्न पाएको बताए ।

उनले समाज परिवर्तनका लागि बलिदान दिनेहरु भौतिक रुपमा नरहे पनि समाजमा सधैं बाँचिरहने् बताए । हाँसीहाँसी जीवन बलिदान गर्ने शहिदलाई सबैले सम्मान र आदर गर्नुपर्ने पनि उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, वडाध्यक्षहरु लगायतले बोलेका थिए ।

नेपाल मगर संघ खजुरा गाउँपालिकाका अध्यक्ष उज्ज्वल सिंह थापाको सभापतित्वमा आयोजना भएको शालिक अनावरण कार्यक्रमअघि लखन थापाको शालिकलाई बाजागाजासहित सैनिकगाउँका बिभिन्न टोलहरुमा परिक्रमा गराइएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ५५ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना