७ चैत्र २०८२, शनिबार | March 21, 2026

खाद्यान्नको भारी बोकेर खजुरा गाउँपालिकाका जनप्रतिनिधि लाकुरे दमाइको बासस्थानमा



खजुरा । जिवनभर एमाले राजनीति गरेर बृद्ध अवस्थामा घरबार बिहिन हुन पुगेका लाकुरे दमाईलाई खजुरा गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको छ । नेकपा (एमाले)को भातृ सङ्गठन नेपाल उत्पीडित जातिय मुक्ति समाजको केन्द्रीय सदस्यसम्म भइसकेका दमाइको खाने गाँस र बस्ने बास समेत नभएको भन्दै पालिकाले खाद्यान्न उपलब्ध गराएको हो ।

पञ्चायतकालदेखि २०६२/६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी हाल खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

दमाईलाई खजुुरा गाउँपालिकाबाट खाद्यान्न लिएर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ,उपाध्यक्ष मन्जु मल्ल वडा न.२ का अध्यक्ष धनरामा वली ,वडा न.४ का अध्यक्ष टेक बहादुर रोकाय आज उनी बस्दै आएको घरमा पुगेका थिए । पालिका अध्यक्ष बिकले लाकुरे दमाईलाई सक्दो छिटो जनता आवास अन्तर्गत घर उपलब्ध गराई दिने आश्वासन दिए ।

दमाईको बासस्थान पुगेका पालिका अध्यक्ष सहितको टोलिले उनको स्वास्थ्य अवस्था पनि जानकारी लिएको थियो । अध्यक्ष बिकले लाकुरेको परिवार अस्थायी रुपमा बस्दै आएको भए पनि मानवीय हिसावले गाउँपालिकाले निर्माण गरेको सामूहिक आवासमा बस्न घर दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनले आजिवन देश र जनताको पक्षमा लागेका व्यक्तिलाई खाद्यान्न लगायतका प्रारम्भिक सहयोग गरेको बताउँदै विपन्न घर परिवारका लागि पालिकाले सक्दो सहयोग गर्दै आएको बताए ।

लामो समयसम्म बिताएको पार्टी र नेतृत्वले अहिले आफू थला परेको अवस्थामा नसम्झिएको भन्दै लाकुरेले गुनासो गरे । स्याङ्जाको अधिखोलामा जन्मिएका दमाई सानैदेखि कम्युनिष्ट पार्टीमा आबद्ध थिए । उनले पार्टी भनेर सबै बैंस र उमेर चढाएपनि अहिले सहारा चाहिएको समयमा कसैले पनि वास्ता नगरेको बताउँदै पार्टीका कोही नेताहरु भेट्न समेत नआएको बताए ।

लाकुरेले बस्दै आएको घरको एक वर्षसम्मको विद्युत् महसुल समेत तिर्न नसकेको बताएपछि गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले महसुल शुल्क व्यक्तिगत रुपमा तिरिदिने यसअघि नै बताएकी थिइन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १० : ४३ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका