१३ श्रावण २०८३, बुधबार | July 30, 2026

खजुरा सञ्चार समुह बिधिवत दर्ता, समुहले खजुरालाई देश-विदेशमा चिनाउने



खजुरा । खजुरामा क्रियाशिल सञ्चारकर्मीहरुको संस्था खजुरा सञ्चार समुह आज बिधिवत दर्ता भएको छ । २०६० साल ताका गठन भएर बिभिन्न क्रियाकलाप गर्दै आएपनि बिबिध कारणले दर्ता हुन नसकेको सञ्चार समुह आज खजुरा गाउँपालिकामा बिधिवत दर्ता भएको हो ।

खजुरा क्षेत्रको इतिहास, ऐतिहासिक पक्ष र खजुरा क्षेत्रको आर्थिक, सामाजिक सांस्कृतिक विकासमा सञ्चार क्षेत्रबाट उजागर गर्ने उद्देश्यबाट समुह गठन गरिएको सञ्चार समुहका अध्यक्ष सन्तोष रेग्मीले बताए । उनले बाँके र पश्चिम क्षेत्रमा खजुरा क्षेत्र सीमाको सुरक्षामा बिरता प्रस्तुत गर्ने देखि बहुभाषिक र बहुसांस्कृतिक सम्पदाले भरिपूर्ण रहेरपनि त्यसको प्रचार प्रसार हुन नसकेको भन्दै सञ्चार समुह मार्फत खजुरालाई राष्ट्रिय पहिचान प्रदान गर्न प्रयत्न गरिने बताए ।

संस्था दर्ता भएसँगै खजुरा गाउँपालिकाले शसक्त सञ्चार सहयो्गी प्राप्त गरेको भन्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले खुसी ब्यक्त गरे । उनले समुहसँग सहकार्य गर्दै खजुराको पहिचान देशबिदेशमा पुर्याउन गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

रेग्मी अध्यक्ष रहेको संस्थामा सतिस निरौला उपाध्यक्ष, गोबिन्द शर्मा महासचिव, सुशिल लामिछाने कोषाध्यक्ष, सुनिता पन्त सहसचिव रहेका छन् । सदस्यहरुमा तिलक गाउँले, खगेन्द्र दाहाल, सुनिल रेग्मी, कमल खत्री, गणेश राई, बिक्रम बुढाक्षेत्री लगायत रहेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ३० बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ