२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

२४ केजी ५६० ग्राम लागूऔषध चरेससहित ५ जना नियन्त्रणमा



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले २४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको हो ।

रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच गरेको थियो ।

खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्षीय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाधी लुकाई छिपाई राखिएको अबस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो ।

धादिङकि सेती तामाङ पेशेवर भरिया हुन । उनी येस अघि धादिङ र कृष्णनगर बाट लागु औषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी पात्र हुन । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो ।

भुमेकी भावना दाङको लमही बसोबास गर्छिन भने बाकी ४ जना भारतमा मजदुरी गर्ने बुझिएको छ।

नियन्त्रणमा लिइएका पाँचै जनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ४१ बजे

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट