४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्पेस प्रविधि विकासमा चीनलाई अर्को सफलता, शुक्रबारबाट आफ्नै पोजिसनिङ सिस्टम ‘बायडु’ सुरू



चिनियाँ राष्ट्रपति सि चिङफिङले बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा आयोजित विशेष कार्यक्रममा बायडु स्याटलाइट सिस्टम प्रयोगको सुरूवात गरेका छन् ।

बायडुलाई अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टम जीपीएसको विकल्पको रूपमा लिइएको छ ।

केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष जनरल स्याङ युसियाले ३० वटा स्याटलाइटको प्रक्षेपणसँगै वायडुले पूर्ण क्षमतामा काम गर्न थालेको भन्दै यसमा संलग्न वैज्ञानिकहरूलाई धन्यवाद दिए ।

कोरोना भाइरसको महामारिकै बीचमा पनि लक्षभन्दा ६ महिना अघि नै बायडु सिस्टम सुरू भएको छ । चीनको प्रविधिको विकासमा बायडुलाई कोशेढुंगा मानिएको छ । बाडडुको एक्युरेसी जीपीएसको भन्दा तीन गुणा बढि मानिएको छ ।

चीनले सबै यातायातमा बायडु नेभिगेशन सिस्टम प्रयोग गर्न निर्देशन दिएसकेको छ । अहिलेसम्म जीपीएसमा निर्भर चिनियाँ युद्धक विमानहरू समेत बायडुबाट निर्देशित भएका छन् । जसका कारण अमेरिकाले गर्ने कुनैपनि प्रविधिक आक्रमणको सामना गर्न चिनियाँ सेनालाई सजिलो भएको छ ।

अब चिनियाँ कम्पनीका मोवाइलमा समेत बायडु सिस्टम नै समावेश हुनेछन् । बायडुमा जीपीएसमा नभएको आवाजबाट समेत लोकेशन ट्रेस गर्नसक्ने बताइएको छ ।

सन् २०१८ बाटै चीनले बायडु सिस्टम प्रयोग गर्न थालेको थियो । तर, अन्तिम ३ स्याटलाइट प्रक्षेपणपछि बायडुले ३३ फिटदेखि १० सेन्टिमिटरसम्म पोजिसनिङ एक्युरेसी दिएको छ । जबकी जीपीएसको एक्युरेसी ३० सेन्टिमिटरसम्म रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको