७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारत लैजाँदै गरिएकी १८ वर्षीया युवतीको सशस्त्र प्रहरीद्वारा उद्धार, तीन जना पक्राउ



नेपालगन्ज । सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रणसँगै मानवबेचबिखन जस्ता गतिबिधि रोक्न समेत आफ्नो सक्रियता देखाएको छ । मानवबेचबिखनका लागि निकै संवेदनशिल मानिएको बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका निकायले मानवबेचबिखन नियन्त्रणमा पनि आफ्नो सक्रियता देखाएको हो ।

बिहीवार मात्रै एउटा समूहले ललाईफकाई गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले बाग्लुङ्गकी १८ वर्षीया युवतीलाई उद्धार गरेको छ । डुडुवागाउँपालिका-१ खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ओमप्रकास ढकालको नेतृत्वमा गएको मोवाइल चेकपोष्ट र पिआरसीको संयुक्त टोलीले ती युवतीलाई उद्धार गर्नुका साथै भारत लैजाने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाका टुकबहादुर खत्री, भारत श्रावस्ती बस्ने चन्द्रा ओली र सोही ठाउँ बस्ने राम सुरेश रहेका छन् । उनीहरुले मोटरसाईकलमा हालेर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा उद्धार गरिएको हो ।

उद्दार गरिएकी युवतीलाई सेल्टरमा राख्नुका साथै भारत लैजाने कार्यमा संलग्नहरुलाई थप कानुनी कारवाही गर्न प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिए ।

मानवबेचबिखन जस्ता अपराधिक गतिबिधि रोक्नका लागि सशस्त्र प्रहरी चनाखो रहेको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताए । ‘यस्ता गतिबिधि कुनै पनि हालतमा हुन नदिन सशस्त्र प्रहरी चनाखो छ ।’ डाँगीले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : ३९ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ