१४ असार २०८३, आइतबार | June 28, 2026

महाशिवरात्री पर्वको अवसरमा होटल पौवाका १२ वटै शाखा भजनमय



बुटवल । नेपाली संस्कृति र परम्परा संरक्षणका लागि भन्दै हरेक चाडपर्वमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको होटल पौवाले महाशिवरात्रीका दिन १२ वटै शाखामा शिव पूजन तथा हरिकृत कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार परेको महाशिवरात्रीको अवसरमा होटल पौवाले ग्राहकहरुलाई भजनकृतनमा नचाउनुका साथै प्रसाद वितरणसहित भजन उत्सव सम्पन्न गरेको हो ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराका साथ बुटवल योगीकुटीसहित पौवाका १२ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख बिष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निःशुल्क खुवाउनुका साथै संगितमय भजन टोलिले शिवरात्रीका दिन साझ ६ बजेदेखि हरिकृत गरेको भण्डारीले बताए ।

बुटवलको योगीकुटीमा रहेको ब्रान्चमा मात्रै महाशिवरात्रीमा ५ सय बढीले प्रसाद ग्रहरण गर्नुका साथै हरिकृतनमा सहभागी भएको बुटवल ब्रान्चका म्यानेजर निशान्त खरेलले बताए । नेपाली परिकार र नेपाली सत्कारलाई प्राथमिकता दिँदै आएको होटल पौवाले गतवर्ष पनि महाशिवरात्री विशेष शिवपूजन र हरिकृत लगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको होटल पौवा प्रा.लिका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरी २, कपिलवस्तुको गोरुसिंङ्गेमा १, दाङको भालुवाङ्ग, लमही र घोराहीमा गरी ३, पाल्पाको तानसेनमा १, गुल्मीको रेसुङ्गमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा संचालनमा आइसकेका छन् । शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको अध्यक्ष भण्डारीले जानकारी दिए । साथै केही दिन अगाडी नेपालगन्जमा ५ तारे होटल सन्चालनको लागि शिलान्यास समेत गरिसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : ४७ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)