१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

महाशिवरात्री पर्वको अवसरमा होटल पौवाका १२ वटै शाखा भजनमय



बुटवल । नेपाली संस्कृति र परम्परा संरक्षणका लागि भन्दै हरेक चाडपर्वमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको होटल पौवाले महाशिवरात्रीका दिन १२ वटै शाखामा शिव पूजन तथा हरिकृत कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार परेको महाशिवरात्रीको अवसरमा होटल पौवाले ग्राहकहरुलाई भजनकृतनमा नचाउनुका साथै प्रसाद वितरणसहित भजन उत्सव सम्पन्न गरेको हो ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराका साथ बुटवल योगीकुटीसहित पौवाका १२ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख बिष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निःशुल्क खुवाउनुका साथै संगितमय भजन टोलिले शिवरात्रीका दिन साझ ६ बजेदेखि हरिकृत गरेको भण्डारीले बताए ।

बुटवलको योगीकुटीमा रहेको ब्रान्चमा मात्रै महाशिवरात्रीमा ५ सय बढीले प्रसाद ग्रहरण गर्नुका साथै हरिकृतनमा सहभागी भएको बुटवल ब्रान्चका म्यानेजर निशान्त खरेलले बताए । नेपाली परिकार र नेपाली सत्कारलाई प्राथमिकता दिँदै आएको होटल पौवाले गतवर्ष पनि महाशिवरात्री विशेष शिवपूजन र हरिकृत लगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको होटल पौवा प्रा.लिका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरी २, कपिलवस्तुको गोरुसिंङ्गेमा १, दाङको भालुवाङ्ग, लमही र घोराहीमा गरी ३, पाल्पाको तानसेनमा १, गुल्मीको रेसुङ्गमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा संचालनमा आइसकेका छन् । शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको अध्यक्ष भण्डारीले जानकारी दिए । साथै केही दिन अगाडी नेपालगन्जमा ५ तारे होटल सन्चालनको लागि शिलान्यास समेत गरिसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : ४७ बजे

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका