१३ श्रावण २०८३, बुधबार | July 29, 2026

इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

शनिवार बुटवलमा इक्यान केन्द्रको सहकार्यमा इक्यान रुपन्देहीमा आवद्ध रहेका शैक्षिक परामर्श व्यवसायीलाई अमेरिकामा उचच शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा कसरी दिने तथा प्रोसेसिङ सम्बन्धी १ दिने कार्यशाला सम्पन्न गरिएकोे कार्यक्रम संयोजक उपेन्द्र यादवले जानकारी दिए ।

कार्यशाला गोष्ठिमा इक्यानकी केन्दीय सदस्य तथा अमेरिका डिपार्ट प्रमुख उमा खड्का पाठक, युनिर्भसिटिका पुर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा र उषा श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा इक्यानकी केन्दीय सदस्य तथा युएसए डिपार्ट प्रमुख उमा खड्का पाठक, युनिर्भसिटिका पुर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा र उषा श्रेष्ठ इक्यान रुपन्देहीका निबर्तमान अध्यक्ष देवबहादुर कुँवर लगायतले शुभकामना दिदै कार्यशाला गोष्ठिमा सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न सुझाव दिए ।

इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ५५ बजे

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न