१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सप्तरीमा आजदेखि एकहप्ता निषेधाज्ञा जारी



सप्तरी । एक हप्ताको लागि सप्तरी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बढदै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सप्तरी जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

आज बिहान ५ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेकोले थप संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । सप्तरीमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसभन्दा पहिले राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो । आज विहानदेखि लागु हुने निषेधाज्ञा साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराजसहित जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । यस निषेधाज्ञा अवधिमा नेपाल राजपत्रमा तोकिएको अतिआवश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ ।

यसभन्दा पहिले बारा, पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर लगायतका क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ५ : ५९ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन