२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ



बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै पटक-पटक करणी गर्ने एक जना बुटवलबाट पक्राउ परेका छन् । सुरुमा दिदीको नाता लगाएर सम्बन्ध बनाएपछि अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गर्दै करणी गर्ने बुटवल उपमहानगरपालिका वडा नं १३ का ३६ वर्षीय सिद्धार्थ गुरुङलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

एक महिलालाई जबर्जस्ती करणी गरेको कसुरमा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । एकल महिलालाई ब्ल्याकमेल गरी जबरजस्ती करणी गरेको अभियोगमा बुटवलबाट गुरुङलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको उनले बताए ।

गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक-पटक बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी गरेकी थिइन् । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको अनुसधानमा खुलेको प्रहरीले जनाएको छ ।

गुरुङलाई जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतबाट म्याद थप गराई अनुसनधान भइरहेको डीएसपी भट्टले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ४६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले