१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

साईक्लिङसंगै कोरोना बिरुद्ध सचेतना



बुटवल । सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाऔ, एक अर्काका बिचमा भौतिक दुरी कायम गरौ, आफु पनि सचेत बनौ, अरुलाई पनि सचेत बनौ लगायतका सुचना साउण्ड सिस्टममा सुनाउदै र मास्क वितरण गर्दै बुटवलका साईक्लिस्टहरु अभियान गरेका छन ।

मुखमा मास्क र हातमा ग्ल्बससहित कोरोना भाईरस संक्रमण रोक्न बुटवलका साईक्लिस्टहरुले घरदैलो गरेका हुन । ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा रुपन्देही जिल्ला साइक्लिङ संघ, साईकल सिटी बुटवलको सहकार्यमा शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं. १ र २ का टोलमा सचेतना जगाउने तथा मास्क वितरण गर्ने कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्ष महेन्द्र लिगलले मर्निङ वाकमा हिडेको एक वृद्धलाई मास्क वितरण गरेर कार्यक्रमको उद्घाटन गर्दै युवा वर्ग सचेतना हुनुपर्ने बेला आएको बताए ।

क्लबका उपाध्यक्ष किरण श्रेष्ठले वडाअध्यक्ष महेन्द्र लिगल, अप्सरा स्टोरका आषिक हुसैन र सुनिल शाक्यबाट प्राप्त ५ सय मास्क वितरण गरिएको बताए । रुपन्देही जिल्ला साईक्लिङ संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधरले लक डाउनसंगै साईक्लिङको लहर बढेको बताए । लक डाउनको समयमा दुरी कायम हुने र शारीरिक ब्यायम समेत हुने हुदा आर्कषण भएको उनी बताउछन ।

संघका उपाध्यक्ष अभिषेक भारीले कोरोना सचेतनाका लागि लुम्बिनी राईड, कोरा २०२० सहित विभिन्न कार्यक्रम गरिएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ०५ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत