२ पुस २०८२, बुधबार | December 17, 2025

‘आत्महत्याका समाचारले आत्महत्यालाई नै प्रोत्साहन गर्ने’



नेपालगन्ज । कतिपय अवस्थामा संचारमाध्यममा आएका आत्महत्या सम्बन्धी समाचारले आत्महत्यालाई प्रोत्साहन गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य शिक्षा, जनसंख्या सूचना तथा संचार केन्द्रले नेपालगन्जमा आयोजना गरेको सञ्चाकर्मीहरुका लागि आत्महत्या रिपोर्टिङ समबन्धी कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले सञ्चारमाध्यममा आत्महत्यालाई अतिरन्जित र उत्तेजित बनाइदिँदा आत्महत्यालाई प्रोत्साहन पुग्ने गरेको बताए ।

उनीहरुले सञ्चारमाध्यममा लेखिएका समाचारकै शैलीमा आत्महत्याको प्रकृति दोहोरिएको दृष्टान्त प्रस्तुत गर्दै समाचारमा आत्महत्यालाई निरुत्साहित गर्ने शैली अपनाउनु पर्नेमा जोड दिए । मन्त्रालयबाट आत्महत्याको रिपोर्टिङका लागि १२ बुँदे मार्गदर्शन जारी गरेको जनाउँदै सम्बद्धहरुले पत्रकारहरुको कलमको माध्यमबाट धेरै आत्महत्याका घटनालाई न्युनिकरण गर्न सकिने बताए ।

कार्यशालामा मन्त्रालयले जारी गरेको मार्गदर्शन प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयको स्वास्थ्य शिक्षा, जनसंख्या सूचना तथा संचार केन्द्रका प्रमुख डा. भक्तबहादुर केसीले आत्महत्या कायरता नभएर मनोरोग भएको बताए । उनले सहि उपचार र परामर्शले आत्महत्याबाट मानीसलाई जोगाउन सकिने बताउँदै त्यसमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताए । समाचारमा आएका घटनाको कपि गरेर आत्माहत्या गरेको धेरै घटनाहरु रहेको उल्लेख गर्दै उनले आत्माहत्याको रिपोर्टिङ गर्दा पत्रकारहरु सम्बेदशील बन्नु पर्ने बताए ।

सरकारले जारी गरेको मार्गदर्शनलाई आत्मसाथ गर्न सकेमात्र पनि केही आत्महत्याको घटनामा न्युनिकरण हुने दाबी गर्दै डा. केसीले आत्महत्याको समाचार लेख्दा कहिँ न कहिँ मनत्रालयको हेल्पलाईन नम्बर ११६६ को सूचना जोडिदिन पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रस्तुतिकरण गर्दै बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बाँकेमा हरेक वर्ष आत्महत्याको घटना बढ्दै गएको बताए । उनले आव ७८/८९ मा ५८ आत्महत्याका घटना भएको बाँकेमा ७९/८० मा १४१ र चालु आवको बैशाख सम्ममा ८८ वटा आत्महत्याको घटना भएको जानकारी दिए । चालु आवमा ८ वटा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको उनले बताए । उनले बाँकेमा सबै भन्दा बढी १६ देखि २५ वर्ष उमेरका समुहमा आत्महत्या हुने गरेको र महिला भन्दा बढी पुरुषले आत्महत्या गरेको जनाए ।

भेरी अस्पतालकी चिकित्सक डा. लिला देवकोटाले उचित परामर्श र समयमै पहिचान गर्न सके आत्महत्याको घटनालाई न्युनिकरण गर्न सकिने बताइन् । उनले आत्माहत्याका घटनालाई समाजले अपहेलना गर्ने र कायरताको संज्ञा दिने गरिएको भन्दै समाजले आत्महत्यालाई एउटा रोगकोरुपमा लिएर उपचार खोज्न सुझाव दिइन् ।

आत्महत्याको घटनामा नेपाल विश्यको ७ औं नम्बरमा पर्दछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ९ : ५७ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको