१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै



बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको थियो । आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढङ्गका कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १० : ३४ बजे

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४