३ पुस २०८२, बिहिबार | December 19, 2025

जिल्ला व्यापी नकआउट फुटबलमा नेपालगन्ज–११ च्याम्पियन



कोहलपुर । नेपालगन्ज–११ स्पोटिङ क्लब बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । नकआउट प्रतियोगिताको विजेता बन्दै नेपालगन्ज–११ बाँके जिल्ला फुटबल संघको ए डिभिजन क्लबमा प्रवेश गरेको छ ।

बुधबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले न्यु दपर्ण युथ स्पोर्ट्स क्लबलाई ५–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को जितमा विपिन थापा मगरले २ गोल, सुमित थापा, प्रेम बहादुर सुनार, लक्ष्मण राना मगरले १–१ गोल गरेका थिए । सुमितले सुरुआतमै ७ मिनेटमा, प्रेमले १८औं मिनेट, लक्ष्मणले ४९औं मिनेट, विपिनले ६२औं र ६८औं मिनेटमा गोल गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोहलपुर नगरपालिका उप–मेयर संगिता सुवेदी, कोहलपुर नगरपालिका वडा नम्बर १२ अध्यक्ष विरेन्द्र शाह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही लगायतले पुरस्कृत गरेका थिए ।

सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उप–मेयर सुवेदीले कोहलपुरले नगरपालिका खेलकुद क्षेत्रमा लागेका युवाहरुको मनोबल बढाउन विभिन्न योजना बनाएर काम गरिरहेको बताइन् । उनले भनिन्,‘जिल्ला स्तरको प्रतियोगिता कोहलपुरमा आयोजना गरेकोमा बाँके जिल्ला फुटबल संघलाई धन्यवाद दिन चाहन्छौं । फुटबलसँगै अन्य खेलकुद क्षेत्र र खेलाडीको विकासको लागि नगरपालिकाले काम गरिरहेको छ । हामी युवाहरु खेलाडीहरुको मनोबल बढाउने प्रयास गरिरहेको छौं । भौतिक पुर्वाधारको क्षेत्रमा पनि खेलकुदलाई प्राथमिकतामा राखेर काम भैरहेको छ ।’

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले थुप्रै नयाँ सम्भावना बोकेको खेलाडीहरुको पहिचानमा सहयोग गरेको बताए । उनले भने, ‘यो प्रतियोगिता विशेष छ । संघले पहिलो पटक कोहलपुरमा एउटा स्तरीय प्रतियोगिता आयोजना गरेको छ । जिल्लाभित्रै खेलाडीहरुले मात्र खेल्न पाउने भएकोले थुप्रै नयाँ खेलाडीले अवसर पाएका छन् । यसले बाँकेको फुटलब विकासमा महत्वपुर्ण सहयोग गर्नेछ ।’

जेठको १९ गते देखि सुरु भएको प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगिताको फाइनल समारोहमा कोहलपुर नगरपालिका खेलकुद संयोजक बुद्धि थापा, उप–संयोजक चक्र क्षेत्री प्रतियोगिता संयोजक एवम बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्री, गोर्खा युनाइटेडका प्रशासन प्रमुख कर्ण बस्नेत, एपिएफ स्कुलका प्रिन्सिपल मुकुन्द विक्रम शाह, एपिएफ स्कुलका सशस्त्र प्रहरी नायव निरिक्षक प्रविण खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ९ : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको