३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालगन्जबाट कागजपत्र बिनाको गाडी बरामद गरि भन्सार दाखिला



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट १ थान कागजपत्र बिनाको गाडी बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ । नेपालगन्ज उप-महानगरपालिका-१८ बाट बरामद भे १ च १६१५ नम्बरको बोलेरो गाडी सहित गाडी चालकलाई प्रहरीले भन्सारमा बुझाएको हो ।

चोरीको गाडी भएको सूचनाका आधारमा नेपालगन्ज १८ मा रहेको सो गाडीलाई चेकजाँच गर्दा सवारी धनी कागज पत्र फेला नपरेको र उक्त गाडी चोरीको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

बरामद गाडी सहित गाडी चालक रुकुम आठबिसकोटका ललित मल्ललाई नियन्त्रणमा लिई थप कारवाहीको लागि नेपालगन्ज भन्सारमा पठाईएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । प्रहरीले बरामद बोलेरो गाडीको अन्दाजी मुल्य १२ लाख ताकेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १० : ०७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका