६ पुस २०८२, आइतबार | December 21, 2025

आर्थिक वर्ष सकिनै लाग्दा बाँकेको खजुरामा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु



खजुरा । आर्थिक वर्ष सकिने केही दिनमात्र बाँकी रहँदा बाँकेको खजुरामा पहिलो पटक वडा स्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । आजबाट प्रारम्भ हुने बडास्तरीय खेलकुद कार्यक्रमको बारेमा खजुरा गाउँपालिकाले आजै पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

८ वटा वडा रहेको खजुरा गाउँपालिकाका ८ वटै वडाले खेलकुद कार्यक्रममा सहभागीता जनाएको पालिकाले जनाएको छ । प्रतियोगिता संचालनका लागि १० लाख बढी बजेटको व्यवस्था भएको खजुरा खेलकुद परिषदका सदस्य सचिव छबी बिष्टले जानकारी दिए । उनले खजुराका बिभिन्न स्थानहरुमा बिभिन्न इभेन्टका खेलहरु संचालन हुने जानकारी पनि दिए ।

उनका अनुसार खेलकुद कार्यक्रममा खजुरा गाउँपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता, खजुरा गाउँपालिका वडा स्तरीय महिला फुटबल प्रतियोगिता, खजुरा गाउँपालिका वडा स्तरीय पुरुष कबड्डी प्रतियोगिता, खजुरा गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खजुरा गाउँपालिका बडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता तथा खजुरा गाउँपालिका बडा स्तरीय क्रिकेट प्रतियोगिता समावेश गरिएका छन् ।

त्यसैगरि खेलकुद कार्यक्रममा खजुरा गाउंपालिका मिनि म्याराथन प्रतियोगिता, खजुरा गाउंपालिका वडा स्तरीय खुल्ला चेस प्रतियोगिता र खजुरा गाउँपालिका बडा स्तरीय खुल्ला साइकिलिङ प्रतियोगिता समावेश गरिएको सदस्य सचिव विष्टले बताए ।

प्रतियोगिताहरुमा शुक्र भलिबल स्टेडियम ए गाउँमा भलिवलका खुलहरु हुनेछन् भने न्यू डॉफे मिनि रंगशाला डी गाउँमा फुटवल प्रतियोगिता संचालन हुने छन् । मिनिी म्याराथन खजुरा धनौलीको सहिद सेतु बिक चोकबाट सुरु भएर शुत्र भलिबल स्टेडियममा समापन हुनेछ । कपड्डी प्रतियोगिता खजुरा ७ गोदहनामा संचालन गरिने छ । त्यसैगरि क्रिकेट प्रतियोगिता नेरा प्राबि ए गाउँमा संचालन हुने विष्टले बताए ।

क्रिकेटमा प्रथम हुने टिमलाई ३५ हजार र दोस्रो हुनेलाई २० हजार प्रमाण पत्र र मेडलबाट सम्मान गरिने छ भने पुरुष भलिवलमा प्रथमलाई २० हजार र दोस्रो हुनेलाई १० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि भेट्रान फुटबल र महिला फुटबलमा प्रथमलाई १५ र दोस्रो हुनेलाई १० हजार, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । पुरुष फुटबलमा प्रथम हुने टिमलाई ६० हजार, दोस्रो हुनेलाई ३० हजार र तेसो हुनेलाई १० हजार पसरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै बपड्डी प्रतियोगितामा प्रथम हुनेलाई २० हजार दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ६ हजार पुरुस्कार प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले बँकेको खजुरा गाउँपालिका खेलकुद र खेलाडीको हबका रुपमा देशव्यापि चिनिएको पालिका भएको दाबी गरे । उनले खजुरा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुने अन्तर्राष्ट्रियस्तरमा समेत खजुराको नाम चिनाउन सफल भएको उल्लेख गर्दै यस्तो अवस्थामा खजुरा गाउँपालिकाले खजुराको खेलकुदको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताए ।

खजुरा क्षेत्रबाट खेलकुद क्षेत्रमा ख्याती कमाएका खेलाडीहरुलाई पालिकाले सम्मान र पुरस्कृत गर्ने गरेको जनाउँदै पालिका प्रमुख विकले आगामी वर्षबाट पालिकाले पालिका स्थरकै एक खेलको घोषणा गरेर खुलकुदलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १ : ४७ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन