९ पुस २०८२, बुधबार | December 24, 2025

प्रतिनिधिसभा बैठक : समयमै मल उपलब्ध गराउन र सडक निर्माण गर्न सांसदहरुको आग्रह



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन तथा विभिन्न सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद विद्या भट्टराईले अछामको छाउगोठमा किशोरी बलात्कृत भएकी, ललितपुरमा धारामा पानी लिन जाँदा महिलामाथिको हिंसा र पोखराका स्पाहरूमा नाबालिकाको प्रयोगजस्ता घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गरिन ।

सांसद बिना लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको विषय उठाउँदै मुख्यसचिव नियुक्ति प्रक्रिया नै शङ्काको घेरामा रहेको बताइन ।

सांसद विनिताकुमारी सिंहले मनसुन सुरु भएसँगै तराईका जिल्लामा सर्पदंशका घटना बढेका उल्लेख गर्दै विभिन्न स्थानका प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचारको व्यवस्था गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन ।

सांसद बिना जैसवालले सञ्चारमाध्यमले विभिन्न समस्या उठाइरहेका भए पनि सरकारी निकायले ती विषयमा अनुसन्धानका काममा गति दिन नसकेको बताइन । सरकारको सेवा प्रवाह नागरिकमैत्री हुन नसकेको र विद्यमान ऐन, कानुनको उचित पालना हुन नसकेको विषय उनले संसदमा उठाइन ।

सांसद श्यामकुमार घिमिरेले वीर अस्पतालमा जनशक्ति अभावका कारण अति सघन कक्षका शैयया सञ्चालनमा आउन नसकेका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । उनले देशभरका सरकारी अस्पतालमा जनशक्ति अभाव रहेको बताए ।

सांसद शान्ति विकले मुलुकको सार्वजनिक ऋण रु २४ खर्बभन्दा बढी पुगेको उल्लेख गर्दै ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ (बिआरआई)बाट ऋणभन्दा पनि अनुदान लिनुपर्ने धारणा राखिन ।

सांसद शान्ति श्रेष्ठले बागमती करिडोरअन्तर्गत विभिन्न स्थानमा सडक निर्माणको काम रोकिएकामा त्यसलाई समयमै सम्पन्न गर्न माग गरिन । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन र सौन्दर्यकरणका काम प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

सांसद शिव नेपालीले यातायात व्यवसायीले भोग्नुपरेका समस्या संसद्मा उठाए ।

सांसद शेरबहादुर कुँवरले वर्षायाममा बाढी, पहिरोका कारण बिजुलीका खम्बा ढल्ने र करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेकमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा यसले समस्या निम्त्याएकाले परिचयपत्र बनाउन गाउँगाउँमा टोली खटाउन उनले सरकारसँग माग गरे ।

सांसद शोभा ज्ञवालीले देशभर बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिन तथा घरबास गुमाएकालाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरिन ।

सांसद सन्तोष चालिसेले देशभरि बाढी, पहिरोको जोखिम बढेकाले दैवी प्रकोप नियन्त्रण, राहत तथा उद्धारका काम प्रभावकारी बनाउन माग गरे । वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्न जग्गा अधिग्रहण गरिएको भए पनि त्यसको थप काम अघि बढ्न नसकेको उनले बताए ।

सांसद सम्झना थपलियाले सिरहा र धनुषाका किसानले सुनकोशी मरिन डाइभर्सनबाट सिँचाइ सुविधा पाउन नसकेको विषय संसद्मा उठाइन ।

सांसद सरस्वती बजिमयले वर्षायाम सुरु भएसँसै सडक अवरुद्ध भएको, धनजनको क्षति भएको तथा जोखिममा रहेका बस्ती स्थानान्तरण हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन ।

सांसद सरिता भुसालले हुलाकी राजमार्ग निर्माणको काम अधुरै रहेकामा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन ।

सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न आयोजनामा जग्गाको विवाद र समस्या रहेको विषय उठाउँदै स्थानीयको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

सांसद सीता मिजारले तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तिवको भावनाअनुसार काम हुन नसकेको र संविधानले परिकल्पना गरेअनुसार सङ्घीयता कार्यान्वयनमा अझै समस्या रहेको बताइन ।

सांसद सुशीला सिर्पाली ठकुरीले रजस्वला भएका महिलामाथिको विभेद अझै हट्न नसकेको विषय संसद्मा उठाइन । यस्ता कुरीति हटाउन र सामाजिक रुपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न उनले सरकारसँग माग गरिन ।

सांसद सूर्यकुमारी श्रेष्ठले कोदोखेती बढाएर यसको उत्पादनलाई ब्राण्डिङ गर्न सरकारलाई सुझाव दिइन ।

सांसद सूर्यप्रसाद ढकालले काठमाडौं उपत्यकाका तीन जिल्लाको सवारी जाम व्यवस्थापन गर्न गृह मन्त्रालयको कस्तो योजना छ भन्दै सरकारसँग प्रश्न गरे ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्युठानका स्वर्गद्वारीलगायतका पर्यटकीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सरकार गम्भीर नदेखिएको बताए ।

सांसद सूर्यमान तामाङ ९दोङ०ले वर्षेबाली लगाउने बेलामा किसानले मल नपाएको उल्लेख गर्दै समयमै मल आपूर्ति गर्न माग गरे ।

सांसद सञ्जयकुमार गौतमले बर्दियामा बाढी र डुबानको समस्या व्यवस्थापन गर्न पर्याप्त बजेट विनियोजन हुन नसकेको बताए ।

सांसद हर्कमाया विश्वकर्माले संसद्मा सांसदहरूले उठाएका विषयबारे सरकार र मातहतका निकाय गम्भीर हुन नसकेको बताए ।

सांसद हितराज पाण्डेले गोरखाको अजिरकोट गाउँपालिकामा पर्यटकीय पूर्वाधार निर्माण र सहरी पूर्वाधार निर्माण गरिनुपर्ने बताए ।

सांसद हृदयराम थानीले विभिन्न स्थानीय तहका स्वास्थ्य कर्मचारीले तलब पाउन नसकेको विषय संसद्मा उठाए ।

सांसद ज्ञानु बस्नेत सुवेदीले एसइई परीक्षामा ५२ दशमलव १४ प्रतिशत विद्यार्थी मात्र कक्षा ११ मा पढ्न पाउनेगरी उत्तीर्ण भएकामा नतिजामा समस्या देखिएकाले त्यसलाई सच्याउन माग गरिन ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कोशीटप्पु बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाइनुपर्ने माग गरे ।

सांसद विनोदकुमार चौधरीले चितवनको वाल्मिकी आश्रम क्षेत्रमा सडक, विद्युत्लगायतका अत्यावश्यक पूर्वाधार बन्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  २ : २७ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका