२ पुस २०८२, बुधबार | December 18, 2025

कपिलवस्तुमा ३ जना चिकित्सक सहित १८ जनामा कोरोना संक्रमण पुष्टि



कपिलवस्तु । कपिलवस्तुमा जिल्ला अस्पतालका ३ जना चिकित्सक सहित १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन २६ गते अस्पतालमा कार्यरत र केही सम्पर्क ब्यक्तिहरु समेत ९१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाईएकोमा चिकित्सक सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार संक्रमण पुष्टि भएकाहरुमा ओपीडी, ल्याब, नर्सिङ र आकस्मिक कक्षका स्वास्थ्यकर्मी रहेको अस्पतालले जनाएको छ । । अस्पतालका अनुसार अस्पतालको काउन्टर तथा प्रशासन फाँटका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । ७८ स्वाव नमुनाको रिजल्ट आएकोमा ६० जनाको रिपोर्ट भने नेगेटिभ आएको र १३ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत साउन २५ गते जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको थियो । जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा प्रयोगशाला स्थापना नगरिएका कारण जिल्लामा संकलन भएका स्वावको नमुना प्रदेश स्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने गरिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ९ : ३४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल