१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै



धनगढी । कैलालीको धनगढीसहितका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको छ । वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिमा यस्तो समस्या देखिन थालेको हो ।

यस कीराले छोएपछि निस्किने एकप्रकारको रसायनले मानिसको छालामा फोका हुने र पाक्ने गरेकाले सो कीराको सम्पर्कबाट जोगिन स्वास्थ्यकर्मीले सुझाएका छन् । कीराको सम्पर्कबाट जोगिन बाउला भएको सर्ट र पाइन्ट लगाएर शरीरलाई ढाक्ने, कीराले छोएको ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

धनगढी उपमहानगरपालिका कार्यालयले सार्वजनिक सूचनामार्फत कीराको सम्पर्कबाट जोगिन नागरिकलाई अनुरोध गरेको छ । उपमहानगर स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीले उक्त कीराले आफ्नो सुरक्षाका लागि निकाल्ने रसायनले मानिसको छाला पोल्ने, छालामा फोका र दाना उठ्ने भई पीडा हुने गरेको बताए । अवस्थीले भने, “यस कीराको सम्पर्कले मानिसको ज्यान जाँदैन तर सम्पर्क हुँदा छाला पोल्ने र घाउ भई पीडा हुन्छ ।”

खासगरी बेलुकाको समयमा बत्ती बलेको ठाउँमा यो कीरा आउने गरेकाले सतर्क रहन अवस्थीले आग्रह गरे । “यस कीराको समस्याले हाल स्वास्थ्य संस्था र अस्पताल धाउनको सङ्ख्या बढिरहेको छ । सङ्क्रमणबाट जोगिन घरबाहिरको बत्ती कम प्रयोग गर्ने र वातावरण सरसफाइमा पनि ध्यान दिनुपर्छ”, उनले भने ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ०८ बजे

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले