१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोराना संक्रमणबाट थप चार जनाको मृत्यु, हालसम्म ९९ जनाको गयो ज्यान



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लाग्दो क्रममा छ ।

शुक्रबार थप थप चार जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

पछिल्लो रिपोर्ट अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा बारा जिल्लाका दुई जना पुरुष रहेका छन् ।

यसैगरी मोरङका एक जना र सिराहाका एक जना पुरुषको पनि मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जनाएका छन् ।

उनीहरुको मृत्यु कहिले र कहाँ भयो भन्नेबारेमा भने शुक्रबार डा. गौतमले केही बताएनन् ।

यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

नेपालमा मृत्यु दर प्रति दशलाख जनसंख्यामा ३ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ३६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा