८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

माओवादी बैठक : १६ देखि २५ वर्षका झण्डै ६१ लाख युवालाई जनयुद्ध र गणतन्त्रबारे बुझाइने



काठमाडौं । सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आगामी कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारीको बैठक आज पनि बस्यो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको अवस्था र पार्टीको नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

सो पार्टीको पदाधिकारीको बैठकमा १६ देखि २५ वर्षको जनसङ्ख्या झण्डै ६१ लाखलाई जनयुद्ध, गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रका राखेर सङ्गठन निर्माण र जनपरिचालन गर्ने विषयमा छलफल भएको माओवादीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । पार्टी उपाध्यक्ष एवं प्रवक्ता सापकोटाका अनुसार आजको बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए ।

उनीहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी निर्माण, सङ्गठन र जनपरिचालनलगायतका विषयमा आफ्नो धारणा राखेका थिए । विज्ञान, प्रविधिको विकास र पछिल्लो पुस्तालाई समेत केन्द्रका राखेर सङ्गठन निर्माण, पार्टीका कार्यक्रम तय गर्नुपर्नेमा बैठकमा नेताहरूले जोड दिएका थिए ।

पदाधिकारीको बैठकपछि पार्टीको स्थायी समिति बैठक बस्ने र लगत्तै केन्द्रीय समितिको बैठकसमेत तय गरेर आगामी दिनको कार्यक्रम तय गर्ने प्रवक्ता सापकोटाले बताए ।

माओवादी केन्द्रको शुक्रबारदेखि पदाधिकारीको बैठक सुरु भएको हो । शुक्रबार पदाधिकारीमा रहनुभएका छजना नेताले आफ्नो धारणा राख्नुभएको थियो । बैठक आइतबार पुनः बस्ने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ५२ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत