१५ माघ २०८२, बिहिबार | January 29, 2026

लुम्बिनीमा होटल व्यवसायबाट ६० हजारलाई रोजगारी



बाँके । लुम्बिनी प्रदेशमा होटल व्यवसाय क्षेत्रले ६० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
प्रदेशका १२ जिल्लामा रहेका सानाठूलागरी करिब ११ हजार होटल व्यवसायीले प्रत्यक्ष रूपमा ६० हजारलाई रोजगारी प्रदान गर्दै आएको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष भास्कर काफ्लेले जानकारी दिए ।
काफ्लेले यस क्षेत्रमा यहाँ करिब दुई खर्ब लगानी भएको बताए । “लुम्बिनी प्रदेशमा होटल क्षेत्रमा रु दुई खर्ब बराबरको लगानी निजी क्षेत्रबाट भएको छ”, संस्थापक अध्यक्ष काफ्लेले भन्नुभयो, “कम्तीमा ६० हजारलाई रोजगारी प्रदान गरेका त छँदैछौँ होटल व्यवसाय क्षेत्रबाट राज्यलाई करिब ४० करोड वार्षिक करसमेत भुक्तानी हुँदै आएको छ ।”
पछिल्लो समय भने यहाँको पर्यटन व्यवसाय चलायमान नहुँदा होटल व्यवसायसमेत दबाबमा रहेको उनले धारणा राखे । साना, मझौलादेखि तारे होटलसम्मका व्यवसायी मर्कामा परेकाले यस क्षेत्रलाई बचाइराख्न राज्यकोतर्फबाट उचित पुनरुत्थान र राहतको दीर्घकालीन प्याकेज आवश्यक रहेको काफ्लेको भनाइ छ ।
होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले पर्यटन प्रवद्र्धन नै होटल व्यवसायको मुख्य आधार भएकाले होटल व्यवसायीलगायत सरोकार भएकाहरूले यसतर्फ ध्यान दिनुपर्ने बताए । होटल व्यवयासीले सम्बन्धित जिल्लाका संस्कार र संस्कृतिसहित पर्यटकीय सम्पदाको तस्बिर होटलका कोठा र हलमा राख्ने तथा सम्पदाको नामबाट नामकरण गर्ने अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। मुलुकमा ठूलोमात्रामा रोजगारीको सिर्जना र राज्यलाई कर तिर्दै आए पनि आफूहरूलाई सरकारले गर्ने व्यवहार भने सकारात्मक नभएको अध्यक्ष श्रेष्ठको गुनासो छ । “हामीले आफ्नोतर्फबाट लगानी, रोजगारी सिर्जना र राज्यलाई कर तिर्न इमान्दार प्रयत्न गरिरहेका छौँ । सरकारले होटल तथा पर्यटन व्यवसायमैत्री नीति ल्याउनसके होटल व्यवसाय फस्टाउँदै जाने र थप रोजगारीको सिर्जना हुने हाम्रो विश्वास छ । यसका लागि प्रदेश सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउँदै आएका छौँ”, उनले भने ।
राज्यले होटल व्यवसायलाई उद्योगका रूपमा दर्ता गरे पनि हालसम्म आफूहरूले सोअनुसार कुनै पनि सेवासुविधा नपाएको व्यवसायीले बताएका छन् ।
रासस

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ३८ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय