६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कोरोना संक्रमणबाट वीरगन्जमा अर्का एक जनाको मृत्यु



वीरगन्ज । कोरोना भाइरसको हटस्पट बनेको पर्सामा फेरि अर्का एकजनाको मृत्यु भएको छ ।

वीरगन्जको मुर्ली बस्ने ६० वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको गण्डक कोभिड अस्प्तालले जनाएको छ ।

उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित मृतकलाई कोरोना संक्रमण पुष्टि भएसँगै साउन २४ गते अस्पताल भर्ना गरिएको थियो ।

तर शुक्रबार साँझ स्वास्थ्यमा अचानक समस्या उत्पन्न भै ७ बजेतिर उनको मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए ।

साउन यता पर्सामा कोरोना भाइरसका संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर उकालो लागिरहेको छ । कोरोना संक्रमणबाट साउन महिनामा मात्रै पर्सामा २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो मृत्युसहित हालसम्म नेपालमा १०१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने २५ हजार ५५१ जना संक्रमित भएका छन् ।

नेपालमा कोरोनाको मृत्युदर प्रति दशलाखमा ३ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ४१ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया