६ श्रावण २०८३, बुधबार | July 22, 2026

बिना भन्सार भारतबाट नेपालगन्ज भित्रिएको बोलेरो भरीको सामान प्रहरीबाट बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज भन्सार पार गरेर नेपालगन्ज बसपार्क पुर्याइएको ठूलो मात्रामा चिनी र खाने तेल बरामद गरेको छ । बोलेरो गाडीमा लोड गरिएको एक हजार ६ सय किलो चिनी र ८४ पेटी खाने तेलसहित बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

लु १ च ६९७० नम्बरको बोलेरो गाडीमा अवैध रुपमा ल्याइएको चिनी र तेल भेटिएपछि प्रहरीले गाडी, चालक भीमबहादुर डिसी, चिनी र तेल भन्सार कार्यालय, नेपालगन्ज मा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चिनि १ हजार ६०० के.जि. प्रति के.जि. ६० को दरले मुल्य रु.९६ हजार, भारतीय स्वाड ब्राण्डको खाने तेल ८४ पेटी प्रति पेटी १ हजार ४०० को दरले मुल्य रु. १ लाख ७ हजार ६०० र लु १ च ६९७० नम्बरको अन्दाजी मुल्य रु ७ लाख पर्ने बोलेरो गाडी गरी अन्दाजी मुल्य जम्मा रू ९ लाख १३ हजार ६०० बराबरको सामान भन्सारमा बुझाइएको हो ।

नेपालगन्जको बसपार्क नजिकबाट बिहान उक्त सामान प्रहरीले बरामद गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ६ : ३७ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज