२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

शनिबार थपिए ४६८ जना कोरोना संक्रमित, देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १९३



काठमाडौं । शनिबार कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् ।

११ हजार ४७ वटा पीसीआर परीक्षणमा जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । हालसम्म ५ लाख ५ हजार ६६० पीसीआर टेष्ट पुरा भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ ।

हालसम्म १७ हजार २०१ जना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये १२४ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट १०२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले अपडेट गरेको छ । पछिल्लो अपडेट अनुसार कपिलवस्तु, पर्सा र धनुषाका एक एक जना रहेका छन् ।

हालसम्म ८० जना पुरुष र २२ जना महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी गराए ।

क्वारेन्टिनमा रहनेहरुको संख्या १४ हजार ४४८ रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : २८ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात