२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन पेश गरेकी हुन् ।

सभापति सुवदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेकी हुन् । प्रतिवेदन पेश गर्दै उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै दल एक ठाउँमा उभिएको जनाउँदै अब यसलाई पारित गरेर कार्यान्वयन गर्नेबेलासम्म एकै ठाउँमा उभिनुपर्ने बताइन्।

यही साउन २४ गते प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले यो विधेयकलाई सर्वसम्मतिले पास गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ साल फागुन २५ गते यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ६ : ०२ बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा